विश्वभर(कोभिड–१९) बाट मृ’त्यु हुनेको संख्या पाँच लाख नाघ्यो

१५ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृ’त्यु हुनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृ’त्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको हो ।

अमेरिकामा अहिलेसम्म एक लाख २५ हजार ८०३ जनाको मृ’त्यु भइसकेको छ भने ब्राजिलमा पनि मृ’त्यु हुनेको संख्या ५७ हजार ६२२ पुगेको छ । बेलायतमा पनि ४३ हजार ६३४३ जनाको मृ’त्यु भइसकेको छ । इटालीमा पनि मृ’त्यु हुनेको संख्या ३४ हजार ७३८ पुगेको छ । फ्रान्समा पनि कोरोना भाइरसबाट मृ’त्यु हुनेको संख्या २९ हजार ७८१ पुगेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट सं’क्रमित हुनेको संख्या पनि एक करोड एक लाख १७ हजार ७०० पुगेको छ । त्यस्तै अहिलेसम्म ५१ लाख ४० हजार ८९९ जना सं’क्रमित निको भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया