सुर्खेतमा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन बिग्रियो

कालिकोट, १४ असार । कोभिड-१९ परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको आरटी पीसीआर मेसिन बिग्रिएको छ ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा प्रयोग हुँदै आएको पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएको हो । दैनिक चार सय स्वाबको परीक्षण गर्दै आएको मेसिन बिग्रिएपछि स्वाब परीक्षणको काम रोकिएको छ ।

Leaderboard Banner

बिग्रिएको पीसीआर परीक्षण मेसिन मर्मतका लागि पहल भइरहेको छ । पीसीआर परीक्षण मेसिनमा हार्डवेरको समस्या आएको  छ । मेसिन बिग्रिएपछि अत्यावश्यक व्यक्तिको अर्काे पोर्टेबल पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ । प्रयोगशालामा ५ सयभन्दा बढी स्वाब परीक्षणको पर्खाइमा छन् । कोरोना परीक्षणका लागि प्रदेशमा तीनवटा ठूला र एउटा सानो गरी चारवटा मेसिनहरु रहेका छन् ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया