एकसय विद्युत महशुल बुझाउन १५ सय खर्च

फाइल फोटो

डोटी, १६ माघ / डोटी जिल्लाका अधिकांश ग्रामीण भेकमा रहेका नागरिकले विद्युत्को न्यूनतम महशुल मूल्य रु १०० बुझाउन रु एक हजार ५०० खर्च गर्नु परिरहेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट टाढा बसोबास गर्नेले वर्षौंदेखि यस्तो नियति झैल्दै आएका छन्। जिल्लाका बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका स्थान, रानागाउँ, मौवा, सलेना, फलेडी, कुलाउ, जमलकटिया, वाइल, वासुदेवी, झिगाबस्ती, मुडभारा, मरकट्टे, कपल्लेकीलगायतका गाउँबाट नेपाल विद्युत् प्राधिकरण मुख्य शाखा कार्यालय दिपायल पिपल्लामा आउनुपर्छ । महशुल तिर्न आउँदा करिब रु एक हजार ५०० खर्च हुने गरेको बाझकाकाँनीका नरेश खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी त अलि नजिक छौँ, दहकालिका, तोलेनीलगायतका गाउँका जनताले त रु ३०० सम्म गाडी भाडा तिरेर महशुल बुझाउन आउनुपर्छ । त्यति मात्र होइन कहिलेकाहीँ विद्युत् कार्यालयको कम्प्युटर बिग्रियो वा पालो पुगेन भने दुई दिनसम्म दिपायलमै बास बस्नुपर्छ, हामीलाई निकै समस्या भएको छ ।” त्यस्तै सायल गाउँपालिकाका स्थानीय ललितबहादुर सिंहले गाउँमा टिभी पनि छैन, फ्रिज हुँदैन, पानी तान्ने मोटर छैन खाली बत्ती मात्र बाल्ने गर्छौं, महशुल कम रकम आउँछ, कसैको त रु १०० सम्म पनि पुग्दैन । त्यही रकम तिर्न रु एक हजार ५०० भन्दा बढी खर्च हुने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला त नुन, तेल, साबुन, चिनी, लुगाकपडा ल्याउने निहुँले दिपायल आउँथ्यौँ, अहिले सबैकुरा यताको भन्दा गाउँमा पाइन्छ, रु १०० तिर्न एक हजार बढी खर्च गर्नुपर्ने हुन्छ ।”

Leaderboard Banner

सायल गाउँपालिकाका तेज डुम्रेलले भन्नुभयो, “गरिब जनताले कहाँबाट त्यति रकम तिर्न सक्छ,विद्युत् महशुल गाउँमा लिने व्यवस्था हुनु पर्छ ।” गाउँमा बैंकिङ सेवा मार्फत महशुल बुझाउन ध्यानदिने केआइसिंह गाउँपालिका वडा नं ५ का स्थानीय शेरेन्द्रविक्रम शाहीले आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो, “गाउँपालिकामा विभिन्न बैंकका शाखा खुलेका छन्, अब विद्युत् महशुल पनि त्यहीबाट बुझाउने व्यवस्था मिलाए जनतालाई सहज हुने थियो ।” नेपाल विद्युत् प्राधिकरण दिपायलका प्रमुख कपिलदेव जोशीले डोटीका ग्रामीण भेकमा तत्कालै विद्युत् महशुल बुझाउने काउन्टर खोल्न समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघर टाढा पनि छन् र हामीसँग कर्मचारीको पनि अभाव रहेकाले तत्काल विद्युत् महशुल बुझाउने काउण्टर खोल्न स’मस्या भएको हो ।” पिपल्लामा रहेको विद्युत् का’उण्टरमा दैनिक सेवा ग्राहीको भी’ड लाग्ने गरेको छ ।

त्यसैगारी नेपाल प्रहरी केन्द्रीय अनुुुसन्धान ब्यूरोले बैंकिङ कसुर मु द्दामा फरार प्रतिवादी प क्राउ गरी जे ल चलान गरेको छ ।  । उच्च अदालत पाटनको आदेशले ज’रिवाना र ‘कै’द स’जाय तोकिए पनि फ’रार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–१ का राजेन्द्र बुढाथोकी आज का’रागा’र चला’न भएका हुन् । उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कै’द र रु पाँच लाख ज’रि’वाना हुने फै’सला सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अ’नुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार काठमाडौँको गोलढुङ्गाबाट उनलाई प’क्रा’उ गरी आज काठमाडौँ जिल्ला अदा’लतमा पे’श गरेकोमा अदालतले आजै केन्द्रीय का’रा’गार सुन्धारा पठाएको हो ।

उनले व्यवसायका लागि रकम आवश्यक प¥यो भनी रु पाँच लाख ऋण लिएर पैसा न’भएको बैंकको चे’क दिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जा’नकारी दिनुभयो । सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीवि’रु’द्ध बैंकिङ कसु’रमा मु’द्दा परेको थियो ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया