कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज असोज १३ गते सोमबारको राशिफल !

वि.सं. २०७६ असोज १३,सोमबार,इ.स. २०१९ सेप्टेम्बर ३०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु,ने.सं. ११३९ कौलाथ्व,आश्विन शुक्लपक्ष। द्वितीया, १९:५४ उप्रान्त तृतीया,नक्षत्र– चित्रा, २०:२२ बजेउप्रान्त स्वाती, योग– ऐन्द्र, १६:३३ बजेउप्रान्त वैधृति, करण– वालव, ८:५७ बजेदेखि कौलव, १९:५४ बजेउप्रान्त तैतिल, आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– कन्या, ९:०३ बजेउप्रान्त तुला,सूर्योदय– ५:५६ बजे, सूर्यास्त– १७:५० बजे र दिनमान २९ घडी ५ पला, शारदीय नवरात्र, राष्ट्रिय झन्डा फेर्ने साइत

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज सामाजिक तथा सार्वजनिक क्षेत्रमा तपाइँलाई प्रशंशा मिल्नेछ । लक्ष्मीको कृपा रहनेछ । कुटुम्ब र दाम्पत्य जिवनमा सुख र सन्तोषको अनुभव हुनेछ । वाहन सुख मिल्नेछ । प्रिय व्यक्तिको प्रेम प्राप्त गर्न सक्नु हुनेछ । विचारमा उग्रता र आधिपत्यको भावना बढ्नेछ । वौद्धिक चर्चामा भाग लिने अवसर मिल्नेछ । समाधान्कारी व्यवहार अपनाउनु आवश्यक छ । व्यापारीको लागी लाभदायक समय रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शारीरिक र मानसिक स्वस्थताको साथ तपाइँले आफ्नो कार्य आयोजनापूर्वक निर्धारित रुपले पुरा गर्न सक्नु हुनेछ । बिमारी व्यक्तिलाई आज स्वास्थ्यमा सुधारको अनुभव हुनेछ । मामाघर पक्षबाट राम्रो समाचार आउनेछ । कर्यस्थानमा सहकर्मीको सहयोग मिल्नेछ । रोकिएका कार्यहरु पुरा हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ कार्यको शुरुवात गर्नको लागी अनुकुल दिन छैन । जिवनसाथी र सन्तानको स्वास्थ्यको ध्यान राख्न आवश्यक छ । चर्चा, वाद-विवादको समय मानहानी नहोस् यसको पूर्ण रुपले ध्यान राख्नु होला । स्त्री मित्रको लागी धन खर्च हुनेछ । शारीरिक र मानसिक अस्वस्थताको कारण उत्साहमा कमि आउनेछ । विद्यार्थीको लागी सामान्य रुपले समय राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आनन्द र स्फूर्तिको अभाव रहनेछ । मनमा खिन्नता रहनेछ । छातीमा दुखाइ या अन्य कारणले समस्या आउनेछ । अनिन्द्राले सताउनेछ । सार्वजनिक रुपले स्वाभिमान भंग नहोस् यसको ध्यान राख्नु होला । धन खर्च हुनेछ । जलाशयको आसपास नजानु नै हितकारी रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज तपाइँको शरीरमा ताजापना र चित्तको प्रशन्नताको अनुभव हुनेछ । मित्रको साथ अधिक घनिष्ठता अनुहव गर्नुहुनेछ । मित्र एवम् स्वजनको साथ लघु पर्यटन या प्रवासको सम्भावना छ । आर्थिक लाभ मिल्नेछ । प्रिय व्यक्ति संगको भेटघाटले मन आनन्दित हुनेछ । भाग्यवृद्धिको प्रवल योग छ । नयाँ कार्य या योजना स्वीकार गर्न अनुकुल दिन छ । संगीतकथा प्रति विशेष रुची रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

Leaderboard Banner

परिवारमा सुख शान्ती र कुटुम्बीजनको साथ आनन्दले तपाइँको दिन रमाइलो बनाउनेछ । आज तपाइँको मधुर वाणीको जादुले अन्य मानसिलाई प्रभावित बनाउनेछ । प्रवासको सम्भावना रहेको छ । मिष्ठान्न साथै मनपर्ने भोजन मिल्नेछ । आयात-निर्यातको व्यवसायमा राम्रो सफलता मिल्नेछ । यद्यपी वाद-विवादको चर्चामा उग्र व्यवहार नगर्नु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज तपाइँको रचनात्मक शक्ती प्रकट हुनेछ । सृजनात्मक प्रवृति अपनाउनु हुनेछ । वैचारिक दृढताबाट तपाइँको कार्य सफल बन्नेछ । वस्त्र, अलंकार, मोजसोखको साधन तथा मनोरंजनमा धन खर्च हुनेछ । जीवनसाथी तथा प्रिय व्यक्तिको साथ रोमाञ्चक र आनन्ददायक रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

मनोरंजनमा धन खर्च हुनेछ । मानसिक चिन्ता र शारीरिक समस्याले सताउनेछ । असंयमित वाणी र व्यवहार झगडाको कारण बन्न सक्छ । कुटुम्बीजन तथा स्नेहीजनको साथ मनमुटाव हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिन तपाइँको लागी लाभदायक रहनेछ । गृहस्थी जिवनमा सुख शान्ती छाउनेछ । प्रिय व्यक्तिको साथको मिलन यादगार रहनेछ । प्रेमको सुखद क्षणको आनन्द लिन सक्नु हुनेछ । आयको श्रोत बढ्नेछ । शिर्ष अधिकारी र ठुलाबडाको कृपा दृष्टि रहनेछ । मित्रको सुन्दर पर्यटनको आयोजना हुनेछ । उत्तम भोजनको प्राप्तीके सन्तुष्टि छाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यवसायको क्षेत्रमा धन, मान-प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापारको निम्ति भागदौड र असुलीको निम्ती प्रवासले लाभ हुने सम्भावना रहेको छ । शिर्ष अधिकारीहरु खुसि हुने हुँदा पदोन्नतिको संयोग मिल्ने योग रहेको छ । सरकार, मित्र तथा सम्बन्धीबाट लाभ हुनेछ । ग्रीहस्थी जिवनमा आनन्दको अनुभव हुनेछ । सन्तानको प्रगतीले तपाइँमा सन्तोषको भावना अनुभव हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शारीरिक रुपले अस्वस्थ्य रहे पनि मानसिक रुपले भने स्वास्थ अनुभव गर्नु हुनेछ । आज काम गर्ने उत्साहमा कमि आउनेछ । नोकरीमा शिर्ष अधिकारीहरु संग सम्हालिएर रहनु होला । मोजसोख तथा घुमफिरमा धन खर्च हुनेछ । सन्तानको सम्बन्धमा चिन्ता छाउनेछ । प्रतिस्पर्धीहरुको साथ चर्चामा नबस्नु नै उचित हुनेछ । विदेशबाट समाचार प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

आकस्मिक धनलाभको योग रहेको छ । मानसिक तथा शारीरिक श्रमको कारण स्वास्थ्य खराब हुन सक्छ । चिसो, स्वास-प्रस्वासमा समस्या, खोकी, पेटको दुखाइले समस्या ल्याउनेछ । खर्चमा वृद्धि हुनेछ । जलाशयबाट टाढा रहनु नै तपाइँको लागी उचित हुनेछ । उत्तराधिकार सम्बन्धी लाभ हुनेछ । अनैतिक कामुकतामा संयम राख्नु होला । इश्वर भक्ती र आध्यात्मिक विचारले तपाइँको कष्ट कम गर्नेछ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया