कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज साउन २७, सोमबारको राशिफल !

वि.सं. २०७६ साउन २७, सोमबार, इ.स. २०१९ अगस्ट १२, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, द्वादशी, १३:०१ उप्रान्त त्रयोदशी, नक्षत्र– पूर्वाषाढा, २८:१७ बजेउप्रान्त उत्तराषाढा, योग– विष्कम्भ, १३:१२ बजेउप्रान्त प्रीति,करण– वालव, १३:०१ बजेदेखि कौलव, २५:१८ बजेउप्रान्त तैतिल, आनन्दादिमा उत्पात योग, चन्द्रराशि– धनु,सूर्योदय– ५:३३ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३२ घडी ६ पला। सोमप्रदोष व्रत। वहिद्य: व्वय। युवा दिवस।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

शारीरिक र मानसिक रुपले अस्वस्थताको अनुभव हुनेछ । चिसो, कफ, ज्वरोको पीडाले सताउनेछ । धर्मको कामकाजमा धन खर्च हुनेछ । खर्च बढ्नेछ । जमिन घर आदीको दस्तावेजमा ठगी हुने सम्भावना छ । माताको स्वास्थ्य खराब हुनेछ । निर्णय शक्ति डामाडोल रहँदा द्विविधामा फस्नु हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आय र व्यापारमा वृद्धि हुनेछ । व्यापारमा नयाँ लाभदायक सम्पर्क हुनेछ । कुटुम्बीजन र मित्रको साथ हाँसीखुसीको साथ पल बिताउने अवसर मिल्नेछ । प्रवास – पर्यटनको योग छ । आज विशेषरूपले महिला वर्गलाई लाभ हुनेछ । जीवनसाथीको साथको सम्बन्धमा प्रगाढ आत्मियताको अनुभव गर्नु हुनेछ । भाइ-बन्धुबाट लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज तपाइँको हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ । घर, आफिस तथा सामाजिक क्षेत्रमा अनुकुल वातावरण बन्दा प्रसन्नताको अनुभव गर्नु हुनेछ । मान- सम्मानमा वृद्धि हुनेछ । शिर्ष अधिकारीहरुको सहयोगपूर्ण व्यवहारको कारण प्रगतीको प्रसस्त मार्ग भेटिनेछन् । गृहस्थ जीवनमा आनन्द छाउनेछ । उत्तम सांसारिक सुख प्राप्त गर्न सक्नु हुनेछ । सरकारी कार्यमा आउने अवरोध र मार्ग सजिलो बन्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

शारीरिक मानसिक स्वास्थ्यको साथ साथ भाग्यवृद्धिको अवसरले प्रशन्नतामा वृद्धि हुनेछ । विदेशबाट शुभ समाचार प्राप्त हुनेछ । धार्मिक कार्य, देवदर्शन र यात्राधामको आनन्द हुनेछ । पारिवारिक सदस्यको साथ राम्रो समय व्यतित हुनेछ । नोकरी पेशावालालाई लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्यमा विशेष ध्यान राख्नु होला । बिमारीको कारण औषधोपचारमा खर्च हुनेछ । क्रोध र वाणीलाई संयम राख्नु होला । पारिवारिक सदस्यको साथ मनमुटाव हुने सम्भावना छ । बाहिर खान-पानले स्वास्थ्य खराब हुने सम्भावना छ । मनमा नकारात्मक विचार हावी हुनेछ । अनैतिक कार्यमा शामिल नहुनु होला ।

Leaderboard Banner

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक र सार्वजनिक क्षेत्रमा लाभको साथ ख्याति प्राप्त हुनेछ । स्त्री वर्गलाई विशेष लाभ हुनेछ । दाम्पत्य जीवनमा परम सुखको अनुभव हुनेछ । नयाँ वस्त्रालंकार किन्ने अवसर प्राप्त हुनेछ । विपरीत लिंगीय व्यक्तिको साथ परिचय हुनेछ । मैत्री स्थापित हुनेछ ।प्रवास-पर्यटनको सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नोकरी पेशाको लागी अत्यन्त लाभदायक दिन छ । काममा यश र सफलता मिल्नेछ । पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । प्रतिस्पर्धीको समय विजय मिल्नेछ । अफिसमा सहकर्मीको सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । बौद्धिक चर्चामा भाग लिने अवसर मिल्नेछ । विद्यार्थीको पढाईमा सफलता मिल्नेछ । सन्तानको बारेमा शुभ समाचार मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

शारीरिक र मानसिक स्फूर्तिको अभाव हुनेछ । परिवारमा क्लेशको वातावरणले मन उदास रहनेछ । अनिद्राले सताउनेछ । माताको स्वास्थ्य खराब हुनेछ । सार्वजनिक जीवनमा अपमानित हुन सकिनेछ । धन हानी हुनेछ । स्त्रीवर्गबाट हानी पुग्नेछ । जलशायमा सम्हालिएर रहनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको पूरा दिन सुखमय रहनेछ । अनुकूल परिस्थिति निर्मित हुँदा हरेक कार्य आज सरलतापूर्वक पूरा हुनेछ । मन प्रशन्न रहनेछ । व्यापारमा आर्थिक लाभ हुनेछ । भागिदारीमा लाभ हुनेछ । परिवारमा खुसिको वातावरण रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनको द्विविधाले निर्णय शक्तिमा अभाव ल्याउनेछ । परिणाम स्वरूप उलझनको अनुभव हुनेछ । वाणीमा संयम नहुँदा वादविवादमा पर्न सकिन्छ । स्वजनको साथ मनमुटाव हुनेछ । कार्यमा कम सफलता मिल्नेछ । अनावश्यक खर्च र धन हानीको योग छ । विद्यार्थीको पढाईमा अवरोध आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आनन्द, उत्साह र प्रशन्नताको अनुभव गर्नु हुनेछ । नयाँ कार्यको शुरुआत लाभदायक साबित हुनेछ । मित्र स्वजनको साथ भोजनको आनन्द लिन सकिनेछ । यात्राको योग छ । निर्धारित कार्य सफल हुनेछ । दाम्पत्य जीवनमा सुखको अनुभव हुनेछ । परिवारमा शान्तीको माहोल बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

आनन्द-उत्साह र तँ-मनको प्रशन्नताले चेतना र स्फूर्तिको संचार हुनेछ । नयाँ कार्य हातमा लिँदा त्यसमा सफलता मिल्नेछ । धार्मिक मांगलिक प्रसङ्ग उठ्नेछ । परिवारको साथ मिष्ठान्न भोजनको आनन्द लिन सक्नु हुनेछ । प्रवास हुनेछ । दाम्पत्यजीवन आनन्दमय रहनेछ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया