वीर अस्पतालका कर्मचारीको आनौठो ठगी धन्दा : नियतवश मेसिन बिगारेर बिरामीलाई निजी अस्पतालमा पठाउने !

काठमाडौं । एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए।

पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’ अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए।

अस्पतालमा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यही मेसिन सरकारीमा तुरुन्तै बिग्रने। निजीमा वर्षौंसम्म चल्ने।

उपचारका लागि आएका बिरामीलाई निजीमा पठाउने धन्दा बन्द हुनुपर्छ।

प्राविधिकले उपकरण चलाउन नसक्ने र कर्मचारीले बिगार्ने हो भने पब्लिक प्राइभेट पार्टनरसिपमा जान सक्छौं।’

जनताको करले सञ्चालित अस्पतलाको सम्मान गर्न स्वास्थ्यमन्त्री यादवले आग्रह गरे।

Leaderboard Banner

वीरको आईसीयू कक्षमा २३ वटा मात्रै शøया छन् । विगत एक वर्षमा अस्पतालबाट ५५ जनाले स्वास्थ्य बिमा सेवा लिएका छन् ।

भीभीआईपी उपचार कक्ष प्रयोगविहीन हुदा महँगा उपकरण तथा पूर्वाधार नै प्रयोगहीन भएका छन् ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अस्पतालमा आएका अत्याधुनिक उपकरण बिग्रिनुका कारणबारे चिन्ता व्यक्त गरेका छन् ।

उनले भने ,‘ निजी अस्पतालले लामो समयसम्म अत्याधुनिक उपकरण चलाउँछन् तर वीर अस्पतालमा ल्याउनेबित्तिकै किन बिग्रिन्छ ?

मन्त्री यादवले अस्पतालका कर्मचारीले चलाउन नसके ‘पब्लिक पार्टनसिप’मा चलाउने बताए ।

त्यस्तै, उनले नियतवश मेसिनरी सामान बिगारेर निजी अस्पतालमा बिरामी पठाउनेलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।

 

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया