गोरखा : भीमसेन थापा गाउँपालिकाले साउन ९ गते परेको राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भीमसेन थापा सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५० नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन् ।
भीमसेन थापाको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यको निक्कै विस्तार भएको थियो । यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो ।
तर, सन् १८१४/१८१६ सम्म नेपाल, अङ्ग्रेज-नेपाल युद्धमा फस्यो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो । यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिश रेसिडेन्सीको स्थायित्व कायम भएको थियो ।
गाउँ कार्यपालिका कार्यालयले थापाको पुर्ख्यौली घर भएको स्थल भीमसेन थापा गाउँपालिका वडा नं. ८ चण्डीथानमा औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको पाण्डेले बताए। थापाको नामबाट गाउँपालिकाको नाम राखिएकाले उनको घर भएको ठाउँ विकासका लागि भीमसेन थापा स्मारक निर्माण गर्ने लक्ष्य राखेको अध्यक्ष पाण्डेले बताए। सालिक राख्ने, सो घरलाई घेराबार पर्खाल लगाउने, पार्क बनाउने लगायतका योजना गाउँपालिकाको रहेको उनले बताए।
गाउँ कार्यपालिकाको बैठकले भीमसेन थापाको जन्मजयन्तीका दिन गाउँपालिका भित्रका सरकारी कार्यालय र विद्यालयलाई बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए।