कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन: नेता रामचन्द्र पौडेल

हेटौँडा, ६ साउन/नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गर्नुभएको छ ।

उहाँले आज हेटौँडामा विश्वेश्वरप्रसाद कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कम्युनिष्टहरू शुरुदेखि नै देशको भन्दा आफ्नो दल, कार्यकर्ता र व्यक्तिको उन्नतिका लागि मात्र काम गर्दै आइरहेको आरोप लगाउनुभयो ।

नेता पौडेलले अहिले सरकार भ्रष्टाचारको दलदलमा फसेको जिकिर गर्दै कम्युनिष्ट पार्टीको विकल्पका रूपमा काङ्ग्रेसलाई उभ्याउनुपर्ने भन्दै पार्टीले जनताको भरोसा जित्न नसक्नुका कारण माथि आत्मसमीक्षा गर्न जरुरी रहेको बताउनुभयो ।

बिपीको आदर्शलाइ आत्मसात् गर्न सकेमा मात्र पार्टी बलियो हुने र आफ्नो गल्ती स्वीकार गर्न सकेमा मात्र बिपीको अनुयायी भन्न सुहाउने नेता पौडेलको भनाइ थियो ।

बुद्ध मूर्तिका लागि बेलायतबाट रु ३० लाख सहयोग
बेलायतमा रहेका नेपालीले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–६ दरौ–थाप्लेमा निर्माणाधीन बुद्ध मूर्तिका लागि आर्थिक सहयोग गरेका छन् । जुनकिरी च्यारिटी ग्रुपका सदस्य पार्वती गुरुङको पहलमा सङ्कलित रु ३० लाख आज पोखरामा आयोजित एक कार्यक्रमका बीच निर्माण समितिलाई प्रदान गरिएको छ ।

Leaderboard Banner

दरौ–थाप्ले बुद्ध मूर्ति निर्माण समितिका संयोजक विश्व गुरुङलाई पार्वती गुरुङका तर्फबाट विष्णु गुरुङ र जमुना गुरुङले उक्त रकम हस्तान्तरण गर्नुभयो । समितिका संयोजक गुरुङले विदेशमा रहेका नेपालीको सहयोगले निर्माणाधीन कार्यमा थप सहयोग भएको भन्दै आभार व्यक्त गर्नुभयो । गुरुङले बुद्धको मूर्तिले दरौ शिरुबारीको धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

दरौ थाप्ले लेक भ्यू टावर एण्ड रिसोर्टका अध्यक्ष एवं निर्माण समितिका सदस्य बलराम गुरुङले स्याङजाको प्रसिद्ध थाप्ले लेकमा निर्माण भइरहेको प्रतिमाले पर्यटनको विकासमा सघाउ पु¥याउने बताउनुभयो । करीब ५५ फिट अग्लो बुद्धको मूर्ति आगामी वैशाख पूर्णिमासम्म निर्माण सम्पन्न हुने र रु एक करोड बढी लागत लाग्ने उहाँको भनाइ थियो । सोही कार्यक्रमका पोखरा बगालेटोल बस्दै आएका कृष्ण र लक्ष्मी गुरुङले संयुक्त रुपमा रु एक लाख दुई हजारसमेत हस्तान्तरण गर्नुभयो ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया