गायक बद्री पंगेनीले ज्यान मा*र्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी…..

पाेखरा :नेपाली चर्चित गायक लोकगायक बद्री पंगेनीविरुद्ध ज्यान मा*र्ने उद्योगमा उजुरी परेको छ ।

काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीनजनाले ज्यान मा*र्ने धम्की दिएको भन्दै काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले उजुरी दर्ता गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौमा गायक पंगेनीसहित उनका साथीहरु विजय सिंह, सुवास अधिकारीविरुद्ध ज्यान मा*र्ने धम्कीको उजुरी परेको हो ।

काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साँझमा काम गरेको रकम माग्न जाँदा ज्यान मा*र्ने धक्की दिएको भन्दै उनीहरुविरुद्ध उजुरी परेको हो ।

Leaderboard Banner

निरमाया दोहोरी साँझमा काम गरेको रकम माग्न जाँदा ज्यान मा*र्ने धक्की

शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट झण्डैँ ५५ लाख रुपैयाँ बढीको लागत दोहरी साँझमा नयाँ डेकोरेसन गरेको र काम सम्पन्न गरेको ३ महिनापछि पैसा माग्न जाँदा धम्की दिएको पीडित पक्षको भनाइ छ ।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनी विवादमा आइरहन्छन् ।

केही समय अगाडि काठमाडौंमा जु*वा खेल्दाखेल्दै रं*गेहात पक्राउ परेका थिए ।

यसबारेमा आरोपित बद्री पंगेनीलगायतले कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया