छबीको खुल्ला पत्र संसारको कुनै पनि अदालतमा जानु पर्दैन छबी ओझाको अदालतमा सिधै आउनुस् न्याय मिल्नेछ’

काठमाडौं । नायिका शिल्पा पोखरेलले निर्माता एव‍‍ं श्रीमान् छविराज ओझासँग सम्बन्ध विच्छेद माग गरेकी छन् । श्रीमान ओझासँग पारपाचुकेको माग गर्दै शिल्पाले आइतबार काठमाण्डौं जिल्ला अदालतमा निवेदन दिएकी हुन् ।

Leaderboard Banner

श्रीमानसँग शिल्पाले सम्बन्ध विच्छेद माग गरेकाे खबर साेमबार सार्वजनिक भएलगत्तै निर्माता ओझाले सोमबार मध्यरातमा खुलापत्र लेखेका छन् । छविराज ओझाको खुलापत्र जस्ताको तस्तैःशिल्पा जी,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सँग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो । तपाईं छातिमा हात राखेर आज एकिछिनलाई आफैलाई नढाटी सम्झनुस्, तपाइले लगाएका कति आरोपहरु सत्य छन रु यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आश्वाासन दिलाए जस्तै मेरो बुढेसकालको साहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस्, आउनुस् हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाई साँच्चै म सँग बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस् । मेरो ईतिहास पल्टाएर हेर्नुस्, आजसम्म मैंले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । तपाईंलाइ पनि पार्दिंन । मैंले बिगत ३ दिनदेखि तपाईलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाईंलाई अब मेरो वकिलले भेट्छ भन्नु भयो । म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस् । तपाईले न्याय पाउनु हुन्छ ।
शुभरात्री !

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया