अन्तर्राष्ट्रिय मार्सल आर्ट तेक्वान्दोमा नेपालका कुशललाई स्वर्ण

मलेसियामा सम्पन्न पाचौं अन्तर्राष्ट्रिय मार्सल आर्ट तेक्वान्दो प्रतियोगितामा नेपालले एक स्वर्ण र एक रजत पदक हात पारेको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट सहभागी खेलाडी ज्ञानबहादुर परियार ‘कुशल’ले पुम्सेतर्फ स्वर्ण र ग्यारुगीतर्फ रजत पदक हात पारेका हुन् ।

Leaderboard Banner

विभिन्न १० देशका खेलाडी सहभागी प्रतियोगिता मलेसियाको पुचोङमा सम्पन्न भएको हो । कुशल नेपालको एभरेस्ट तेक्वान्दो डोजाङको तर्फबाट प्रतियोगितामा सहभागिता जनाएका हुन् ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया