बिहार डुब्न थालेपछि कोशी ब्यारेजको चाबी बोकेको भारतले ढोका थुन्यो : अब नेपाल डुब्ने खतरा

धरान, २८ असार/लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ ।

एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिनुभयो ।

अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् ।

भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताउनुभयो ।

कोशी ब्यारेजको सुरक्षाका लागि भनेर भारतले त्यहाँ भारतिय सैनिक राखेको छ । कोशी ब्यारेजको अप्रेशन भारतकै अप्रेटरले गर्छन् । त्यसका ताला चाबी उनीहरुसँग नै छ । थप पानीको बहाव बढेकपनि अरु ढोका नखोलिने अडान भारतिय पक्षले राखेको छ ।

यदि यसो हुँदा सुनसरी मोरङ्ग, झापा, सिराहा, सप्तरी लगायतका अधिकांश डुबानमा पर्ने खतरा रहेको छ ।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

Leaderboard Banner

यसैबीच आज प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ ।

पहिरोले अबरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो

पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्गअन्तर्गत राँके—फिदिम सडकखण्ड एकतर्फी सञ्चालन भएको छ ।

बिहान ८ः०० बजेबाट सडकमाथिको पहिरोले अबरुद्ध भएको उक्त सडक आठ घण्टापछि एकतर्फी सञ्चालन भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा अपराह्न ३ः०० बजेबाट एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो ।

वर्षा नरोकिएका कारण झरेको सबै पहिरो पन्छाउन नसकिएकाले अहिले एकतर्फी भए पनि सवारीसाधन सञ्चालनमा आएका छन् ।

सडक खुलेपछि रोकिएर रहेका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

राजमार्ग अबरुद्ध भएपछि पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम क्षेत्रबाट तराई जान छुटेका र यसतर्फ आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका थिए ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया