स्थानीय सरकार आएपछि गरिएको विकासकाले नागरिकलाई राहत भन्दा पनि आहत, जनप्रतिनिधिलाई मस्ती

आलोक यादव, सिरहा , असार -२७ गते । कति लेख्नु ? अझै कति वर्षसम्म लेख्नुपर्ने हो ? …… लेख्दा पनि दिक्क लागिसक्यो भने यो खबर पढ्नेलाई पनि दिक्क किन पो लाग्दैन् होला र ? ।

स्थानीय सरकार आएपछि गरिएको विकासकाले नागरिकलाई राहत भन्दा पनि आहत दिएको छ ।

वर्षोदेखिको दिर्घरोग फेरी यो वर्षपनि दोहोरिँदा अर्थात असारे झरीमा विकास निर्माणका काम हुँदा झनै नागरिकलाई सास्ती भएको छ ।

कहिले होला वर्षायाममा ढुक्को यात्रा ? आम नागरिकको प्रश्न छ, तर जिम्मेवार निकाय अहिले पनि बेखबर जस्तै छ ।

वर्षात आँउछ जान्छ, बिगतमा चल्यो यो वर्षपनि फेरि चल्छ, यसको निरन्तरता सधै भइराखेको छ ।

जनप्रतिनिधिको गैरजिम्मेवारपनका कारण अधिकृतलाई मस्ती नागरिकलाई सास्ती भएको छ ।


असारको झरिमा निर्माण गरिएका सडकले नागरिकलाई सास्ती मात्र बनाएको छैन् , आहात समेत बनाएको छ ।

Leaderboard Banner

लहानमा विभिन्न ठाँउमा पुग्ने अधिकांश ग्रामिण सडक हिलाम्य छन् अहिले पनि, निर्माण कि त समयमै गर्नुपथ्र्यो , बरु नगरेको भएपनि नागरिकले जसोतसो काम चलाएकै छन् ।

निर्माणाधिन सडक हिलाम्य हुँदा सवारी साधन आवात जावत तथा पैदलयात्रीलाई समस्या बनाएको छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया