खोलामा आएको बाढीले विजयपुरको पुल भत्कियो !

काठमाडौं । पोखराको विजयपुर खोलामाथिको पक्की पुल नजिकै बनाइएको डाइभर्सन पुल आइतबार आएको बाढीले भत्काएपछि मालबाहक गाडी पोखराको तल्लो गगनगौडामा अलपत्र परेका छन् ।

यो पुलको बटमकड चर्किएपछि फागुनदेखि कास्की प्रशासनले मालवाहक गाडी गुडाउन रोक लगाएको थियो ।डाइभर्सन पुल भत्केपछि पोखरा, बागलुङ, जोमसोमलगायतका क्षेत्रमा जान सामान बोकेर आएका मालबाहक ट्रक सोमबार बिहान ४ बजेदेखि गगनगौडामा अलपत्र परेका हुन् ।

Leaderboard Banner

खोलामा आएको बाढीले डाइभर्सन पुल भत्केपछि ट्राफिक प्रहरीले धेरै लोड भएका ट्रकलाई पोखराको लेखनाथ गगन गौडामा रोकेको हो ।, अन्नपूर्ण पोस्ट् दैनिकले समाचारले छापेको छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया