हवाई आक्रमणमा परी लिबियामा मारिएका सन्तोष श्रेष्ठको शव नेपाल ल्याउन अति कठिन !

लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ ।

युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तरराष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)सँगको समन्वयमा आवश्यक प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केही दिनभित्रै श्रेष्ठको शव नेपाल आइपुग्ने पनि उक्त मन्त्रालयले बताएको छ । यही असार १७ गते भएको हवाई आक्रमण परी श्रेष्ठसहित ४० आप्रवासी र शरणार्थीको मृत्यु भएको थियो ।

विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न माग
प्रतिनिधिसभाको आजको बैठकमा विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारको ध्यानाकर्षण भएको छ । सरकारले केही दिन पहिले भारतबाट आयातित फलपूmल तथा तरकारीमा विषादी परीक्षण गरी विषादीयुक्त भएको प्रमाणित गरेको थियो ।

बैठकमा सांसदहरुले भारतीय दूतावासको दबाबपछि विषादीयुक्त फलपूल तथा तरकारी आयात खुला गरेको आरोप लगाएका थिए । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दबाबमा जनतालाई विष खुवाइरहेको आरोप लगाउनुभयो ।

सांसद गौरीशङ्कर चौधरीले भारतबाट आयात भइरहेको फलपूmल तथा तरकारीको आयात रोक्न आग्रह गर्नुभयो । अर्का सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलपूmल तथा तरकारीको विषादी परीक्षण गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाउँपालिकामा पहिरोले जनधनको क्षति पुगेकाले घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । उहाँले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद कृष्णप्रसाद दाहालले वातावरण खराब हुनेगरी बाटोघाटोको निर्माण कार्य रोक्नुपर्ने, कृष्णबहादुर राईले विश्वसम्पदा सूची मरुभूमिकरण बन्दै गएको, उमा रेग्मीले सुझबुझविना सरकारले विधेयक ल्याउने गरेको, कृष्णभक्त पोखरेलले राजमार्गमा यातायातका साधन रोकी यातायात कर उठाउने कार्य अवैज्ञानिक भएको, खेमप्रसाद लोहनीले सीतापाइला धार्के सडकको तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया