प्रचण्डको नजरमा ३६ वर्षमै पूरा जीवन बाँचेका प्रकाश !

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान कार्यक्रम  आयोजना गरिएको थियो ।

२०७४ मा निधन भएका प्रकाशको जन्मजयन्तीको अवसरमा आयोजना गर्फ़िएको यस कार्यक्रम बोल्दै प्रचण्डले छोराको छोटो समयमा आकस्मिक मृत्यु भएता पनि उनले ३६ वर्षमै पूर्ण जीवन बाँचेको बताए ।

उनले भने, ‘ उनका योगदान ३६ वर्षे उमेरमा पूरा हुने खालको छैन । उनी ३६ वर्षमात्रै बाँचेजस्तो लाग्दैन । तीतामीठा अनुभवसहितको पूर्ण जीवन बाँचेर उनी विदा भएकोजस्तो लाग्छ । ‘

प्रचण्डले युद्धकाल स्मरण गर्दै छोरालाई विद्यालय पढाउन सिर्जना भएका विभिन्न वाधा बारे पनि बताए । उनले भने, ‘ कैयौं स्कुल सारिएका छन् । स्थिर भएर पढ्ने वातावरण पनि पाएनन् । उनी लिडरको सुरक्षा गर्ने, युद्धमा आफैं सहभागी हुने विचित्रको अनुभव भएका व्यक्ति थिए । ‘

उनले थप गर्दै भने, ‘ जीवनका सबै अनुभव प्रकाशले संगालेका थिए । तीतामीठा सबै । म प्रधानमन्त्री हुँदा निकै परिपक्व भएर काम गरेकै थिए । ‘

उनले प्रकाशको सगरमाथा आरोहणको प्रसङ्ग उठाउँदै भने, ‘ सगरमाथा चढ्ने भन्दा सुरूमा पत्याएको थिइनँ । लागिराख्ने गुणअनुसार नै उनले सगरमाथाको सफल आरोहण गरे । त्यसैले उनले पूर्ण जीवन बाँचेर गए । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया