भारतबाट अबैध रुपमा ल्याउदै गरेको १७ लाख ५६ हजार मुल्य बराबरको बरामद

आलोक यादव सिरहा , असार १६ गते । नेपाल र भारतको सीमामा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा चतुर्बेदीले निगरानी बढाएका छन ।

एसपी चतुर्बेदी सीमामा निगरानी बढाउनसाथ एकदिनमै करीब १७ लाख ५६ हजार मुल्य बराबरको लत्ताकपडा र पिकअप बरामद भएको हो ।

केहि दिनदेखी सीमा नाकालाइ तस्कर संगठनहरूले कमाइ खाने भाडो बनाएकै बेला एसपी चतुर्बेदीको निगरानी बढेको बताइएको छ ।

Leaderboard Banner

सिरहाको सखुवानन्कारककट्टि गाउँपालिका स्थित मोवाहि बाट जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी बाट खटिएको सन्युक्त प्रहरी टोलिले भारत बाट अबैध रुपमा ल्याउदै गरेको समान बरामद गरेको छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया