प्रकाश सपुतको गलबन्दी’ बिबादले जातिय रुप लिन थालेपछि,शम्भु राइले लेखे यस्तो स्टाटस

काठमाडौ –पछिल्लो समय नेपाली गीत गलबन्दीको बिषयलाइ लिएर सामाजिक सन्जाल देखि संसद सम्म चर्किएको छ।बिषय सबैलाइ अबगतनै भएको कुरा हो प्रकाश सपुतको गीत गलबन्दीमा बरिस्ठ सर्जक शम्भु राइको आउ नाचौ साथि हो भन्ने गीतको लय चोरिएको भन्ने बिषयमा अहिले सामाजिक सन्जाल लगायत सबै ठाउमा चर्को आलोचना र प्रतिक्रिया भै रहेको छ।

यस्तो छ सम्भु राईको फेसबुक स्टाटस:-

मानिस छूत-अछुत हुन्छ म भन्दै भन्दिन! 
जाती र पाती छुट्याउने रितलाई म मान्दै मान्दिन!! 
२०३४ सालदेखि जातीय मुक्तिको लागि सांगीतिक क्रान्ति गर्दै जनताको माझमा गाउँदै आएको म शम्भु राईबाट 
स्वदेशदेखि विदेशसम्म रहनु हुने मेरा आदरणीय श्रोता-दर्शक ज्युहरुमा हार्दिक नमस्कार अनि अभिबादन गर्दछु । 
केहि दिन यता गायक तथा संगीतकार भाई प्रकाश सपुतले गलबन्दी बोलको गीत म्युजिक भिडियो युट्युबबाट सार्वजनिक गरेको देखियो र उक्त शब्द संयोजनमा मेरो देउसी भैलो गीतको “आउ नाचौं साथी हो” भन्ने शब्दमा राखिएको मेरो कम्पोज (भाका र लय) मिल्न गएको विवादित बिषय नितान्त प्रतिलिपि अधिकारसंग सम्बन्धित रहेको अवगत गराउन चाहन्छु साथै यही बिषयलाई लिएर सामाजिक संजालहरुमा निक्कै टिका-टिप्पणीका बिच अहिले जातीय बिबाद र सामाजिक सद्भाव खल्बल्याउने मनसायले केही आपत्तिजनक अभिव्यक्तिहरु पनि प्रकट भएको देखिएको र सुनिएको हुँदा त्यस प्रति म धेरै दु:खीत छु साथै यस्ता अमर्यादित किसिमले सामाजिक संजालबाट कसैले पनि अभिव्यक्ति नदिन हुन म सम्पूर्ण दाजु-भाई तथा दिदी- बाहिनीहरुमा बिनम्र अनुरोध गर्दछु ।
तपाईहरुकै
शम्भु राई
गायक तथा संगीतकार

फेसबुकबाट तपाईको प्रतिक्रिया