राजधानीमा गुन्डाहरुको दिन दाहाडै “दादागिरी”, पत्रकार माथि साङ्घातिक आक्रमन !

देशको राजधानी काठमाडौंमा समाचार संकलन गर्ने क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी दिन दाहाडै साङ्घातिक हमला भएको छ ।

पत्रकारलाई शैलेस श्रेष्ठ सहित श्रेष्ठका ड्राइभर भान्ज भनिने ब्यक्ति, सन्जय लामा सहितको दर्जन गुन्डाहरुको ग्याङ्ग्ले हमला गरेको छ । कुट्ने मध्य एकजनालाई प्रहरीले पक्राउ गरि सानोठिमीमा राखेको छ । घटनामा प्रहरिको भुमिका समेत सङ्कास्पद देखिएको छ । हमाला गर्ने टोलिले पत्रकार दिनेश बस्नेतलाई डर-त्रास तथा आर्थिक प्रलोभन समेत देखाएका छन् ।

Leaderboard Banner

बस्नेतले फिल्मिशैलीमा आफुमाथी पटकपटक पन्चिङ गर्दै कुटपीट भएको बताएका छन । समाचार लेखेकै भरमा दादागिरी शैलीमा पत्रकार माथि हुने हमलाको भत्सर्ना गर्दै धेरै न्यायप्रेमी तथा सुभचिन्तकहरुले सञ्चारकर्मी दिनेशलाई सन्देश पठाएका छन् ।

कुटपीटबाट घाइते भएका दिनेशको अहिले समिप अस्पताल लोकन्थलीमा उपचार भईरहेको छ। उनको टाउको र शरीरको अन्य भागमा चोट लागेको अस्पतालले जनाएको छ ।साङ्घातिक हमला गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछौ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया