वैदेशिक रोजगारीमा जानेहरुको लागी यस्तो छ नयाँ कानुन

काठमाण्डौ – तपाईं वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्छ र सीप सिकेको प्रमाणपत्र छैन भने ख्याल गर्नुहोस् । सरकारले यही असार १५ गतेदेखि वैदेशिक रोजगारीमा जान सीप र दक्षतालाई अनिवार्य गर्दैछ ।न्यूनतम सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था कार्यान्वयनमा आउन लागेको वैदेशिक रोजगार विभागले जनाएको छ ।असार १५ पछि हाउस वायरिङ तथा इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ तथा क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट तथा टेलरिङ र प्लम्बिङलगायतका लागि वैदेशिक रोजगारीमा जाने कामदारको तालिम र सीप परीक्षण गर्न लागिएको हो ।

Leaderboard Banner

वैदेशिक रोजगारीमा जाने कामदारले सीपमूलक तालिम लिएको त्यसको प्रमाणपत्र या कुनै प्रतिष्ठानमा अनुभवमा अनुभवको प्रमाणपत्र पेस गर्नुपर्नेछ । अथवा वैदेशिक रोजागर बोर्डले सिकाइ परीक्षण गरी दिएको प्रमाणपत्र भए पनि हुन्छ । बोर्डले यस्ता युवाहरुलाई लक्षित गरी तालिम पनि सञ्चालन गरेको थियो ।सीपको प्रमाणपत्र देखाएपछि मात्र श्रम स्वीकृति पाइने विभागले जनाएको छ । तर म्यानपावर व्यवसायीहरू भने यसको विरोधमा छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम स्वीकृतिका लागि अनिवार्य सीप तालिम प्रमाणपत्र पेस गर्नुपर्ने निर्णय स्थगित गर्न माग पनि गरिसकेको छ ।वैदेशिक रोजगार ऐन नै संशोधन गरी पूर्वस्वीकृति तथा म्यानपावर कम्पनी र रोजगारदाता कम्पनीबीच भएको करारपत्रका आधारमा नभई कामदार र रोजगारदाता कम्पनीबीच भएको करारअनुसार अन्तिम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने संघको माग छ ।

तर सरकारले भने सीप नहुँदा विदेशमा असुरक्षा बढेकाले यसलाई अनिवार्य र १५ गतेदेखि कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा जुटिसकेको छ । सीपले सुरक्षा र तलब बढाउने विश्वावैदेशिक रोजगारीमा जानेमध्ये धेरै कामदार अदक्ष भएका कारण असुरक्षा बढी हुने गरेको छ ।विभागको तथ्याँकअनुसार गएकाे महिना मात्रै २६ हजार ८२५ जना पुरुष र १ हजार ७२५ जना महिला गरी २८ हजार ५५० जना अदक्ष कामदार विदेशिएका छन् । उच्च सीप भएका कामदारको भने कम संख्यामा विदेशिएका छन् । वैशाखमा जम्मा १७ जना मात्रै उच्च सीप भएका कामदार विदेश छन् ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया