करेन्ट लाग्दा बर्दियामा १ को मृत्यु !

फाइल फोटो

काठमाडौँ, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ मा करेन्ट लागेर १ को मृत्यु भएको छ ।

उक्त दुर्घटना परि मृत्यु हुने ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ निवासी ३३ वर्षीय दिलबहादुर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराका अनुसार ठाकुरबाबा नगरपालिका चिट्कैयास्थित विद्युतको पोल र ट्रान्सफर्मर मर्मत गरी लाइन छोड्दा चौधरीलाई करेन्ट लागेको हो ।

उक्त घटनामा गम्भीर घाइते भएका चौधरीलाई स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पुर्याइएको थियो ।

प्रहरीका अनुसार उपचार कै क्रममा उनको मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया