साउदीमा नेपाली युवकलाई मृत्युदण्ड !

काठमाडौँ, साउदीमा १२ वर्षदेखि जेलमा रहेका उदयपुरका एक युवकलाई आफ्नै नातेदारको हत्याको आरोपमा मृत्युदण्ड सजाय सुनाइएको छ ।

मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टको हत्यामा हत्यामा दोषी ठहरिएका उदयपुरको बसाहा–७ बैंकडाडाका विवेक दाहाललाई साउदी अरबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको हो ।

Leaderboard Banner

२००७ फेब्रुअरी २ मा दाहालले सुतिरहेको अवस्थामा विष्टको हत्या गरेका थिए । उनि १२ वर्ष जुबेलस्थित हायल जेलमा रहेका थिए । सार्वजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

पिडीत पक्षलाई अदालतले निजी अधिकार सम्बन्धी कानुन प्रयोग गर्न दिन अस्वीकार गरेको छ । रिहादस्थित नेपाली दुतावासले दाहालको जिवन बचाउनको निम्ति निजी कानुनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया