भरुवा बन्दुक सहित २ पक्राउ !

फाइल फोटो

काठमाडौँ, बाजुरामा प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिमाली गाउँपालिका १ का २४ वर्षीय रबीलाल बोहोरा र २१ वर्षीय राजेश बोहोरा रहेका छन् ।

हिमाली गाउँपालिका- १ देबीडाँडामा दुई थान भरुवा बन्दुक एक झोला,बन्दुकमा प्रयोग हुने बारुद, गोली,कटुकी नामक जडीबुटी १५ किलो सहित ती २ लाई प्रहरीले पक्राउ गरेको हो ।

Leaderboard Banner

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटका अनुसार गोप्पे सूचनाका आधारमा प्रहरी चौकी बिच्छियाबाट जेठ १९ गते गएको गस्ती टोलीले करिब १३ घण्टा लगाएर उक्त जंगलको बाटो भएर अबैध सिरकार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद गरेको सामान र उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ बहने मासु र जडिबुटी डिभिजन वन कार्यालय कर्माडीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइ रहेको छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया