नेपालमा नेहाको साँझ !

काठमाडौँ, बलिउडकी निकै चर्चित हस्ती नेहा कक्करले नेपालमा आफ्नो प्रस्तुति दिने भएकी छिन् ।

यहि आउँदो जेठ २५ गते, शनिबार ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) मा आयोजना हुन गइरहेको ‘ नेहा कक्कड लाइभ ‘ कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिने भएकी हुन् ।

२५ सय दर्शक क्षमता राख्ने एलओडीमा उनले आफ्ना लोकप्रिय गीत सुनाउने बुझिएको छ । प्यारामाउन्ट इन्टरटेनमेन्टको आयोजना रहेको यस कार्यक्रममा सहभागी हुन नेहा जेठ २४ गते काठमाडौँ आउने भएकी छिन् ।

आयोजक संस्थाका प्रमुख दीपक घिमिरेका अनुसार कन्सर्टमा सहभागी हुन नेहा आफ्नो ब्यान्डका संगीतकर्मीसहित काठमाडौँ आउने छिन् ।कन्सर्टमा नेहासहित यस सिजनको इन्डियन आइडलका टप टेन प्रतिस्पर्धी गरी १८ जना संगीतकर्मीले प्रस्तुति दिने आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलले बताएका छन् ।

ढुंगेलले भने, ‘ कार्यक्रममा नेपाली गायक–गायिकाको पनि सहभागिता रहनेछ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया