टिप्पर दुर्घटना, चालकको मृत्यु !

फाइल फोटो

काठमाडौँ, गोरखामा टिप्पर दुर्घटना हुँदा चालकमो मृत्यु भएको छ ।

शनिबार राति नयाँसाघुबाट जौबारीतर्फ जाँदै गरेको बा ५ ख१९८२ नम्बरको टिपर सिरानचोक गाउँपालिका–७ चिउरेभिरमा सडकबाट एक सय २० मिटर तल दरौदी नदीमा खस्दा उक्त दूर्घटन भएको प्रहरीले जनाएको छ ।

Leaderboard Banner

ट्राफिक प्रमुख दयाराम पौडेलका अनुसार सोही स्थानका २० बर्षिया टिप्पर चालक सुमन खड्काको मृत्यु भएको छ । टिप्परका सहचालक भने बेपत्ता छन् ।

आइतबार बिहानैबाट बेपत्ता भएका सहचालकको खोजी कार्य तीव्र पारिएको पौडेलले जानकारी दिएका छन् । सडकको कुनातर्फ निर्माण सामग्री थुपार्दा सडक साँघुरो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया