बाल्टीमा डुबेर बालकको मृत्यु !

फाइल फोटो

काठमाडौँ, पूर्वी पाल्पाको रामपुरमा बाल्टीमा डुबेर एक बालकको मृत्यु भएको छ । घरको आँगनमा खेल्दा खेल्दै रामपुर नगरपालिका-३ का रोम बहादुर आलेका छोरा १ वर्षीय रोष्टम आले पानी राखिएको बाल्टीमा डुबेका हुन् ।

Leaderboard Banner

बाल्टीमा डुबेर घाइते भएका आलेलाई उपचारको लागी रामपुर अस्पताल लैजाँदै गरिएको थियो । अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भुपाल सिंह रानाले जानकारी दिएका छन् ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया