बालुवाटारको जग्गा फिर्ता ल्याएर मात्र हुँदैन : भिम रावल !

काठमाडौँ, सोमबार रिपोर्टस क्लब नेपालमा आयोजित एक कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले बालुवाटारको जग्गाको साथ साथै देशभरका हिनामिना भएका सार्वजनिक जग्गाको निष्पक्ष छानबिनको नाग राखेका छन् ।

साथै उनले आफु गृहमन्त्री ब हेका बेलामा यस बारे कुनै पनि प्रकारको औपचारिक प्रस्ताव र छलफल नभएको स्क़मेत स्पष्ट पारेका छन् । उनले आफ्नै पार्टीका महासचिव विष्णु पौडेल मुछिएका बालुवाटार जग्गाको पनि छानबिन गरि दोषीलाई कारवाही गर्न माग राखेका हुन् ।

सरकारले उक्त जग्गा फिर्ता ल्याउने निर्णय गरेको भएता पनि जग्गा फिर्ता ल्याएर मात्र नहुने दोषीलाई कारवाही पनि गरिनु पर्ने बताएका छन् । उनले भने, ‘ बालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ । सत्य–तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नुपर्छ । अब सरकारको छानविनको निष्कर्ष पर्खाैँ । ‘

त्यसैगरी पार्टीको स्थायी कमिटीको बैठक हरेक ३–३ महिनामा बस्नुपर्ने भएपनि त्यसो नगरिएको बताउँदै उनले पार्टी विधान अनुसार चल्न नसकेको गुनासो समेत गरेका छन् ।

सरकारका कार्य जन अपेक्षानुसार नभएको बेलामा यसो नगर्दा सरकारको कामको समिक्षा हुन नसकेकोमा पनि उनले आफ्नो दुखेसो पोखेका छन् ।                                                                                                                                                   ।

फेसबुकबाट तपाईको प्रतिक्रिया