मृतक अन्जना लामा महतका श्रीमान प्रज्वल महतले लेखे यस्तो स्ट्याटस !

काठमाडौँ, उपत्यकाको ललितपुरको ढोलाहिटीमा आफ्नै जेठाजुले बुहारीको हत्या गरेको घटन बारे हामी सबै जानकार नै छौँ ।

ललितपुर महानगरपालिका-२६ ढोलाहिटी घरमा बस्दै आएकी २५ वर्षीया अञ्जना लामा महतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मृतकका आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

हत्याको आरोपी उज्जल महतले आफैँ प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । मृतकका ससुरा र सासुले केहि समय यता उज्वलको मानसिक स्वास्थ्य केहि ठिक नरहेको मिडिया समक्ष बताउँदै आएका छन् ।

यस घटनामा आफ्नी श्रीमती गुमाएका प्रज्वल महत स्तब्ध छन् । सोच्दै नसोचेको घटनाले उनको जीवनमा ठुलो भुँइचालो ल्याएको छ । पत्नी वियोगको पिडामा रहेका उनको मन भित्रमा पिडा हामी अनुमान पनि लगाउँन सक्दैनौँ ।

Leaderboard Banner

घटनाको करिब एक हप्ता पश्चाता ठुलो हिम्मत जुटाएर उनि एउटा स्ट्याटस लेख्छन् । उनको स्ट्याटस यस प्रकार छ :

” केही दिन अगाडी भएको अप्रत्याशित घटनाले मेरो जीवनमा ठुलो भुँइच्यालो ल्याएको छ । म पुरै स्तब्ध भएको छु । मैले सामाजिक संजालहरु हेर्न पनि सकेको छैन । सबैमा उही एउटै कुरा मात्र थियो र म अनुरोध गर्छु कि मिडियाहरुले पनि जथाभावी समाचार नबनाउनु होला । सत्य तथ्य मात्रै बुझेर लेख्नु होला । यो सबै घटनाको अनुसन्धान भैरहेको छ र दोषी माथी कारवाही पनि हुन्छ र अपराधीलाई कडा भन्दा कडा सजाय होस् पनि भन्छु । केही गरि यसमा कोहि कसैको मिलेमत्तो छ भने त्यसमा पनि कारवाही हुन्छ । त्यसैले सबै जना आफैँ न्यायाधीश नबन्नु होला । अहिले हामी यस्तो दुखको घडीमा छौँ । म लगायत मेरो परिवार र मेरो ससुराली परिवार पनि …

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया