११ वर्षमै बच्चा जन्माउने जोडीको आगमनले सुस्मिताको परिवार यस्तो खुसियाली

काठमाडौँ, ११ बर्षीय भावना बस्नेतकी छोरीलाई सुस्मिता कार्कीले सम्रक्षण गरेकी छिन् । नाबालक छोरीको साथै उनले भावना बस्नेत र नन्दलाई पनि आफ्नो सम्रक्षणमा राखेकी छिन् ।

सुस्मिताको यस कार्यलाई सबैले राम्रो र पुण्यको कार्य मानेका छन् । उनले गरेकी यस कार्यलाई प्रशंशा नगर्ने सायदै कोही होलान् । उनका आमा-बावुले पनि छोरीको यस कार्यमा आफुहरु पनि निकै खुसि रहेको बताएका छन् ।

उनीहरुका अनुसार यस्तो महान् कार्य गर्ने सुस्मितामा बच्चै देखि समाजसेवाको भावना थियो । माओवादीको द्वन्दको समयमा त्रासले आफ्नो गाउँ रामेछापबाट भागेर काठमाडौँ आएका उनीहरु बताउछन् ।

Leaderboard Banner

घरका हरेक कार्यहरुलाई सम्हाल्ने छोरी सुस्मिताको कुरालाई आफुहरुले कहिल्यै काट्न नसक्ने र यस पटक पनि नसकिएको उनीहरुको भनाइ छ ।

घरकी जेठी सुपुत्री सुस्मिताका तिन भाई पनि छन् । सुस्मिताका बावु नेपाल आर्मी समेत रहेका छन् ।कुराकानीको क्रममा भावानाकी छोरीलाई नातिनी भन्ने रहर भएको सुस्मिताका बावुले बताएका छन् ।

सुस्मिताले भावना, नन्द र सानी छोरीलाई आफ्नै परिवार झैँ सम्रक्षण दिएर राख्ने बताएकी छिन् । सुस्मिता कार्की आउने दिनमा पनि निरन्तर समाज सेबामा लागिरहने बताउछिन् । साथै उनले मिडियालाई छड्के छेकमा आउन पनि सकिने बताएकी छिन् ।

पुरा जानकारीका लागि भिडियो हेर्नुहोस्    

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया