बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु !

फाइल फोटो

काठमाडौँ, आइतबार मोरङको सुन्दरहरैँचा नगरपालिका ८ सलकपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भारको छ ।

पूर्वपश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले विपरित दिशा तर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा झापा मेचीनगर नगरपालिका २ बस्ने बर्ष २६ को जीवन राईको मृत्यु भएको छ ।

Leaderboard Banner

दूर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर पुर्याइएको थियो । उपचारको क्रममा उनको आइतबार साँझनै मृत्यु भएको हो ।

राईको साढे ६ बजे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस, नास चालक र मोटरसाइकल हाल प्रहरीको नियन्त्रणमा छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया