जिप दुर्घटना, पूर्वसांसदसहित दुईको मृत्यु !

फाइल फोटो

काठमाडौँ, बिहिबार गुल्मीको मुसिकाेट नगरपालिका-१ पाैदीअमराईमा दुर्घटना हुँदा पूर्वसांसदसहित दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप सडकबाट १ सय मिटरभन्दा तल खसी उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुने मध्य एक नेपाली कांग्रेसबाट निर्वाचित पूर्वसांसद रूद्रमणि भण्डारी थिए ।

Leaderboard Banner

भण्डारीका साथै मृत्यु हुनेमा अर्का यात्रु रोशन बिक रहेका थिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा अन्य ८ यात्रु घाइते भएका छन् ।

दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया