एका बिहानै भुकम्पको धक्का महशुस !

काठमाडौँ, हाल नेपालीलाई साना तिना भुकम्पले केहि फरक पर्दैन । यसको त बानि पर्दै गैसकेको छ । आज मंगलबार पनि बिहान ८ बजेर ३७ मिनेट जाँदा सुदुर पश्चिममा भुकम्पको धक्का महशुस गरिएको छ ।

बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर गएको भुकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालले बताएका छन् ।

गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प महशुस गरिने गरिएको छ । यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक भुकम्पको धक्का महशुस गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया