आँधीहुरी प्रभावितका लागी प्रदेश २ सरकारले ४ महिना भित्र घर बनाइदिने !

फाइल फोटो

काठमाडौँ, आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । साथै सरकारले पनि विभिन्न सुविधाहरु उपलब्ध गराई नै रहेको छ । यस्तैमा प्रदेश २ सरकाले अर्को पहल गरेको छ । प्रदेश २ सरकारले आँधीहुरी प्रभावितका लागी घर बनाइदिने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बुधबार बसेको प्रदेश दुईको प्रदेश सभाको बैठकमा बोल्दै पूर्ण रूपमा क्षति पुगेका प्रभावितहरूका लागि ४ महिनाभित्र शौचालयसहितको चार कोठे घर निर्माण गरिदिने बताएका छन् ।

साथै उनले तीन दिनभित्रै त्यस क्षेत्रमा विद्युत आपूर्ति गर्न सम्बन्धित पक्षसँग छलफल भइरहेको र खानेपानीको उचित प्रबन्ध समेत मिलाइने बारे जानकारी दिएका छन् ।

साथै प्रदेश दुईका प्रदेश सभा सदस्यद्वय अशोक यादव र फूल बाबुले एक महिनाको र बाँकी सांसदहरूले एक हप्ताको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया