के अन्जु पन्त धर्म प्रचारमा बारा पुगेकी नै हुन् त ? , यस्तो छ खास कुरा !

फाइल फोटो

काठमाडौँ, हिजो मंगलबार एकाएक अन्जु पन्तको एक तस्विर भाइरल भयो । गाडीमा केहि राहत सामाग्री र किताब सहित उभिएकी उनको तस्विर केहि समय अघिको हो ।

उनको आफ्नै नाममा खोलिएको अन्जु पन्त फाउन्डेसन मार्फत निकै सामाजिक सेवा गर्दै आएकी उनि हाल काठमाडौँ मै छिन् । काठमाडौँमै रहेकी उनलाई पीडामा पनि धर्म प्रचार गर्न बारा पुगेकी भनेर निकै गालीको ओइरो भयो ।

केहि समय अघि सहयोग लिएर बारा पर्सा लगायतका तराईका जिल्ला गएकी उनको त्यस बेलाको तस्विर अहिले भाइरल बनाइएको हो ।  २०१८ डिसेम्बर ५ मा सामाजिक संजालमा पोस्ट गरिएको यस तस्विर तयस बेलाको हो जब उनि बालबालिकाको लागी ब्याग र किताव कापी बोकेर तराई पुगेकी थिइन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया