दाल भात तरकारीले मिति सार्दा छक्का पन्जा-२ पुन रिलिजको घोसणा !

फाइल फोटो

काठमाडौँ, हाल चलचित्र बजारको स्थिति निकै निराशजनक देखिन्छ । फिल्म रिलिज बढ्दो र दर्शक घट्दो भैरहँदा निर्माता दिपक राज गिरिले ठुलै सहास देखाएका छन् । उनले गत बर्ष मात्र बजारमा सुपरहिट भएको चलचित्र ‘छक्का पन्जा २’ पुन रिलिज डेट तोकेका छन् ।

चलचित्र छक्का पन्जा दुईको पुन रिलिज तोकिएको डेट वैशाख १३ गतेलाई चलचित्र ‘दाल भात तरकारी’ को दिन तोकिएको थियो । आन्तरिक कारणले मिति सारिएको बताइएता पनि, मिति सार्नुको मुख्य कारण भने डर नै हो । सोहि दिन हलिउडको ठुलो प्रोजेक्ट ‘एभेन्जर’ रिलिज हुने हुँदा ‘दाल भात तरकारी’ सारिएको हो ।

Leaderboard Banner

त्यहि मितिमा पुन रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा दुई ‘ ले कत्तिको कमाइ गर्छ यो भने हेर्नै बाँकी छ । उक्त घोसणालाई  लिएर विभिन्न खालका टिका टिप्पणीहरु भैरहेको छ । सामाजिक संजालमा राम्रा भन्दा नराम्रा टिप्पणीहरु नै ज्यादा आइरहेका देख्न सकिन्छ ।

 

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया