टेलीसिरियल कुम्कुम भाग्यमा २५ बर्षको लिप, सिरियलमा बिग बोस फेम प्रियंक शर्मा ! [ जान्नुहोस् पुरा कहानी ]

एजेन्सी, निकै रियालिटी शोमा देखिँदै आएका प्रियंक शर्माले आफ्नो करियरमा ठुलो उपलब्धि हासिल गरेका छन् । बिग बोस ११ मा देखिएका प्रियंक शर्मालाई एकता कपूरको सिरियल कुम्कुम भाग्यमा अहम् रोल अफर भएको छ । उनले यस सिरियलमा अभि-प्रज्ञाको छोराको भूमिका निभाउँनेछन् । वास्तवमा, जीटिभीको चर्चित शोमा २०/२५ वर्षाको लिप आउने भएको छ ।

खबर अनुसार लिप पश्चात शोका स्टारकास्टमा शामिल प्राय स्टार्स आउट हुँदै छन् । लिप पश्चात शोमा निकै नयाँ अनुहार जोडिनेछन् । शुत्रको अनुसार, प्रियंक शर्मालाई अभि-प्रज्ञाका छोराको रोलको लागी फाइनल गरिएको छ । यद्यपी अहिले समा यसको आधिकारिक जानकारी भने आएको छैन ।

Leaderboard Banner

कहानी अनुसार, अभि-प्रज्ञाका जुडुवा छोराहरु जन्मनेछन् । लिप अघि नै यि दुई अलग हुनेछन् । एक बच्चा अभि को साथ रहन्छ भने अर्को प्रज्ञाको साथ । यि दुई बच्चा मध्ये एक हुनेछन् प्रियंक शर्मा जो अभिको साथ देखिनेछन् । यस बारेमा फाइनल फैसला लिन बाँकी छ । यहाँहरुको जानकारीको लागी, यस टिभी शोले निकै बर्ष देखि टिआरपीमा आफ्नो उच्च स्थान बनाएको छ । त्यसैले त मेकर्स नयाँ-नयाँ ट्विस्ट एण्ड टर्न्सको साथ मसाला भरि रहन्छन् ।

जब यस बारे प्रियंकसंग प्रश्न गरियो तब अ उनले अन्तिम फैसला बारे आफुलाई जानकारी नभएको बताए । कुम्कुम भाग्यबाट प्रियंक टिभी एक्टरको रुपमा डेब्यु गर्दै छन् ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया