नायिका वर्षा राउत र संजोग कोइरालाले इन्गेजमेन्ट गरे

तस्वीर नायिका वर्षा राउतको फेसबुकबाट

पब्लिक आवाज/संवाददाता

काठमाडौं । चर्चित नायिका वर्षा राउतले लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्न नायक संजोक कोइराला संग इन्गेजमेन्ट गरेकी छिन् ।

तस्वीरमा वर्षा र संजोक

वर्षा र संजोक लामो समय देखि अएअर्काको प्रेममा रहेका थिए । केहि समय पहिला दुबैले आ–आफ्नो फेसबुक बाट भ्यालेन्टाइनमा विवाह गर्ने भन्दै बिहेको कार्ड सार्वजनिक गरेका थिए ।

सोमवार दुबै तर्फका परिवारको उपस्थितिमा उनीहरुले औंठी साटासाट गरेका हुन् । वर्षा र संजोगले फेसबुकमा इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै लेखेका छन् ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’

Leaderboard Banner

वर्षा र संजोगले प्रेमीहरुको विशेष दिन मानिएको प्रणय दिवसका दिन अर्थात फागुन २ गते विवाह गर्दैछन् ।करिव सात आठ वर्ष लामो प्रेम सम्बन्धलाई यी जोडीले विवाहमा परिणत गर्ने निर्णय गरेका हुन् ।

यसअघि वर्षाले सामाजिक सञ्जाल फेसबुकमा विवाहको कार्ड पोष्ट गर्दै अव दुई वैवाहिक बन्धनमा बाँधिन लागेको पछिल्लो समय वर्षा फिल्महरुमा निकै राम्रोसँग जमिरहेकी छिन् भने संजोग फिल्ममा कहिले काही देखिन्छन् ।

वर्षा अभिनित नयाँ फिल्म ‘गोपी’ ‘चौका दाउ’ प्रदर्शनमा रहेका छन् । पब्लिक आवाजको तर्फबाट पनि वर्षा संजोक हार्दिक बधाई छ ।

 

 

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया