गायिका निशुको ‘आई लभ यु’ सार्वजनिक’ ( भिडियो सहित)

पब्लिक आवाज/संवाददाता

काठमाडौं । गायिका निशु ढकालको नयाँ गीत सार्वजनिक भएको छ । लामो समय देखि गायन क्षेत्रमा सक्रिय गायिका निशु ढकालको ‘आई लभ यु’ बोलको गीत बजारमा आएको छ ।

यस गीतमा शब्द, संगीत र स्वर निशुकै रहेको छ । साथै यस गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । उक्त भिडियोमा स्मारिका ढकाल र नबिन श्रेष्ठको अभिनय रहेको छ ।

Leaderboard Banner

नविन के ढकालले निर्देशन गरेका छन् । गायिका निशुले यसअघि दशैंको अवसरमा पनि पर्व लक्षित गीत सार्वजनिक गरेकी थिइन् साथै आउँदा दिनहरुमा दर्शक श्रोताको भावनालाई मध्यनजर गर्दै आधुनिक, रोमान्टिक, डान्सिङ गीतहरु बजारमा ल्याउने बताईन् ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया