निर्मला हत्या प्रकरणमा दीपक मनाङ्गे खरो उत्रे : भने निर्मलाको लुगाधुने चाँदनी हवल्दार हो की धोवी ?

फाइल फोटो

पब्लिक आवाज /संवाददाता

ऋषि धमलाको लोकप्रिय कार्यक्रम “जनता जान्न चाहन्छन्” मा गुण्डा नाइके भनिएका दीपक मनाङ्गे प्रहरी प्रशासन बिरुद्ध आक्रोशित बनेका छन् । उनले सबै भन्दा ठूलो गुण्डा नेपाल प्रहरी भएको बताएका छन् ।

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको अनुसन्धानको उदाहरण दिदै भनेका छन्  सरकारलाई बदनाम गराउने भनेको नेपाल प्रहरी हो । निर्मला पन्तको शव भेटिएको स्थानमा प्रहरी हवल्दार हाल (निलम्बीत) चाँदनी चन्दले प्रमाण नष्ट गर्ने काम गरेको औंल्याउँदै भने चाँदनी आफैले प्रमाण नष्ट गरेको भए किन गरेको ?

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तले लगाएको लुगाधुदै हवल्दार चाँदनी चन्द हाल *वर्खास्त

तत्कालिन जिल्ला प्रहरी प्रमुख हाल बर्खास्तीमा परेका एसपी डिल्ली राज विष्टले गर्न लगाको भए कस्को लागि गरेको भन्ने एक प्रश्नले घटनामा नयाँ मोड लिने बताए । उनले आक्रोशित हुँदै हवल्दार चाँदनी “हवल्दार होकी धोवी हो , हवल्दारको काम कपडा धुने त होइन ” भन्ने प्रतिप्रश्न गरे बाँकी भिडियोमा हेर्नुहोस् …

 

(*फोटो क्याप्सनमा हवल्दार चाँदनी हाल निलम्बित हुनुपर्नेमा अन्यथा भएकाले सच्याएको छ सम्पादक)

फेसबुकबाट तपाईको प्रतिक्रिया