बेलोन डी’ओर अवार्ड लुका मोड्रिचलाई ५ पटक अवाड जितेका मेस्सी ५ औँ स्थानमा

क्रोएशियाका मिडफिल्डर लुका मोड्रिचले विश्वका उत्कृष्ट फुटबल खेलाडी प्रतिष्ठित बेलोन डी’ओर अवार्ड जितेका छन् । क्रिष्टियानो रोनाल्डा र लियोनल मेस्सीको १० वर्षेको साम्राज्य तोड्दै मोड्रिचल बेलोन डी’ओर अवार्ड जितेका हुन । उनीहरुको साम्राज्य ढाल्दै मोड्रिच यस वपर्षको विश्वको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सन् २००७ देखी यता लगातर ५र ५ पटकगरीे १० वर्षसम्म रोनाल्डो र मेस्सी ले बेलोन डी’ओर अवार्ड जितेका थिए ।

Leaderboard Banner

यस पटक भने रोनाल्डो अवार्डको दोस्रो स्थानमा आए भने मेस्सी पाचौँ स्थानमा आए । फ्रान्सका फरवार्डद्वय एन्टिनियो ग्रिजम्यान र केलियन एम्बाम्प तेस्रो र चौथो स्थानमा रहे । विश्वकपमा क्रोएशियालाई पहिलो पटक फाइनलमा पुर्याएका ३३ वर्षे मोड्रिचले गत मे मा म्यड्रिडबाट लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनले अवार्ड पाएपछि आफूले पनि यसवर्ष मैदानमा केही गरेको रहेछु भन्ने महशुस भएको बताए ।

विश्वकपमा गोल्डन बुट जितेका उनी यस वर्ष विश्वको उत्कृष्ट पुरुष खेलाडी तथा वेष्ट फिफा फुटबल अवार्ड पनि जितेका थिए । यस्तै यसै सिजनबाट दिइएको महिला बालोन डी’ओर अवार्ड लायोन र नर्वेकी स्ट्राइकर २३ वर्षे अदा हेगेरवर्गले जितेकी छन भने १९ वर्षे एम्बाप्पेले कोपा ट्रफी जिते ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया