देशभर बाढीपछि प्रधानमन्त्रीको लगातार यस्ता दुई ट्वीट !

फाइल फोटो

काठमाडौँ /प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) रातिदेखि परेकाे अविरल वर्षाका कारण उत्पन्न परिस्थितिको सामना गर्न सरकारले हरप्रयास गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उद्धारका लागि सरकारले पहल गरिरहेको जानकारी दिएका हुन् ।

सरकारले उद्धारका लागि सुरक्षकर्मी परिचालन गरिएको र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको बताएका छन् ।

‘बाढीसँगै उद्धारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ र पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय छन् । सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको छ,’ प्रधानमन्त्रीको ट्वीटमा लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया