काठमाडौँ, बझाङमा प्रहरीका डिएसपी सूर्य बहादुर केसीले कान्तिपथ डटकमका पत्रकारलाई धम्कि दिएका छन् । प्रहरीको दादागिरी मौलाएको विषयमा समाचार लेखेको भन्दै डिएसपी केसीले फोन मार्फत धम्कि दिएका हुन् ।
समाचार हटाउ नत्र यस्को राम्रै मूल्य चुकाउनु पर्ला, लास्ट वार्निङ हो मैले डल्लो पारेर ल्याउनु नपरोस भन्दै डिएसपीले पत्रकार गणेश विकलाई धम्क्याएका हुन् ।
असर १ गते छापिएको समाचारलाई हटाउन धम्कि दिइएको हो ।
समाचार यस्तो थियो :
जिल्लाका बिभिन्न बस्तीमा गएर प्रहरीले स्थानियलाई त्रास दिई रहेको स्थानियले बताउने गरेका छन् । गत जेठ ३२ गते शनिबार एका बिहानै जिल्ला सदरमुकामबाट खटि गएको प्रहरीटोलीले एक गाउँमा पुगेर स्थानियलाई त्रास देखाएको छ ।
जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं.१ कैलाश स्थित नाउली टोल र सुन्दरसिंहबाडा गाउँमा पुगेर स्थानियलाई बिप्लव समुहलाई खाना खुवाएको भन्दै त्रास देखाएको स्थानियले बताएका छन् । विप्लव नेतृत्वको नेपाल कमयुनिष्ट पार्टीका कार्यकर्तालाई समात्न भनेर गएको ससस्त्र प्रहरी, जनपद प्रहरी र अनुसन्धान प्रहरी लगाएतका गरी करिव ३० जनाको टोली गाउँ पसेर गाउनै घेरा हालेको थियो ।
नेपाल कमयुनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य बाजिलाल शाही र अन्य उनका साथीहरुलाई एकै पटक पक्राउ गर्ने उदेश्यले गाउमा प्रहरीको टोली पुगेको थियो । प्रहरीको टोलीले राती ३ बजेतिर जिल्ला कमिटी सदस्य बाजिलाल शाहीको घरमा घेरा हालेर घर खानतलासी गरको र घरमा केही पनी नभेट्टाएपछी शाहीको घर नजिकैको गाउँमा क्रियामा बसेको ठाउमा समेत अनाआबश्यक दुःख दिएको बताईएको छ । बिहान करिव ४ बजे सम्म शाहीको घर रहेको गाउँलाई पुरै घेरामा राखेपनी शाहीलाई समात्न नसकेपछी प्रहरीको टोली अर्को गाउँ तिर लागेको थियो ।







