काठमाडौँ, आज गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) का साथै विप्लव समूहका कास्की सचिवालय सस्दय तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्कीले नेकपामा प्रवेश गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले उनीहरुलाई बिहिबार बिहान पार्टीमा स्वागत गरेका छन् । मुख्यमन्त्री पृथ्बीले टिका लगाइदिनुका साथै नेकपाको बिधान हस्तान्तरण गर्दै पार्टीमा स्वागत गरेका हुन् ।
नेकपाकै सहयोगमा देशसभामा स्वतन्त्र उम्मेदवारीबाट विजयी भएका मनाङेले फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि सपथ लिन पाएका थिएनन् ।







