काठमाडौँ, ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानकै क्रममा विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई न्यायपरिषदले बर्खास्त गरेको छ ।
परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार उक्त प्रकरणका अभियुक्तको निवेदनमाथि सुनुवाइका क्रममा पदीय आचरण अनुसारको कर्तव्य निर्वाह नगरेको भन्दै बर्खास्त गर्ने निर्णय भएको हो ।
त्यसैगरी यहि मुद्दा सुनुवाई गरेका विराटनगर उच्च अदालतकै न्यायाधीश साधुराम सापकोटा र थीरबहादुर कार्कीलाई भने २ वर्ष बढुवा रोक्का गरिए संगै उनीहरुलाई गम्भीर रुपमा सचेत गराउने निर्णय समेत गरिएको छ ।
६ महिनाको अनुसन्धान पश्चात सोमबार बसेको न्यायपरिषद बैठकले यस्तो निर्णय गरेको कार्कीले बताएका छन् ।







