२४ घण्टामा थपिए ३१३४ कोरोना संक्रमित, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १३४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर कुल संक्रमितमध्ये ३७ हजार ४३७ पुगे जना सक्रिय संक्रमित छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया