१ करोड ५० लाख बराबरको यार्चागुम्बा बरामद

फाइल फोटो

दार्चुला, ०३ असोज । महाकाली नगरपालिका–४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपियाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बासहित हुम्ला नाम्खा गाउँपालिका–३ बस्ने ३५ वर्षीय दोकार लामालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागी जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लास्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाइराखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो ।

बरामद यार्चागुम्बासहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया