हिजो देखि फसेका ९ को उद्धारमा समस्या,बचाउन आग्रह !

काठमाडौँ –  कमला नदीको पानीले जलमग्न भएको बसपिट्टा गाउँमा फसेका ९ जनाको उद्धार अझ सम्म पनि हुन सकेको छैन।

कमला नदीमा निर्माणाधीन हुलाकी सडकको पुल बनाउन खटिएका इन्जिनियरसहित ९ जना बाढीमा शुक्रबार देखि फसेका हुन्। तर उनीहरुको शनिबार दिउँसो सम्म पनि उद्धार हुन सकेको छैन।

कमला खोलाको पानीले चारैतिरबाट घेरिएका ठाउँमा फसेका उनीहरुले शुक्रबार नै मोबाइलबाट आफन्त तथा प्रहरीमा उद्धारको लागि खबर गरेको थिए।

नदिमा पानिको बहाव उच्च रहेको कारणले गर्दा उद्धारको लागि हेलिकप्टर नै प्रयोग गर्नु पर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

मौसम खराबीको कारण हेलिकप्टर आउन समस्या भएपछि उद्धारमा विलम्भ भएको प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

नदीमा बीचमै रहेको टापुमा आफूहरु बसेरहेको र त्यहाँ नदिको कटान तीव्र रहेको हुँदा आफूहरुलाई नदिले जति बेला पनि बगाउन सक्ने भन्दै फसेकाहरुले उद्धारको आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया