स्थान अभावले फोहोर व्यवस्थानमा समस्या

फाइलफोटो

काठमाडौं, १ असोज। ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट भरिएको दुई वर्ष नाघिसकेको छ । अहिलेसम्म अन्तरकुन्तर खोजेर उपत्यकाका दुई महानगरपालिकासहित १८ स्थानीय निकायको फोहोर व्यवस्थापन भइरहेको छ ।

यस्तो समस्या आउँदा पनि गत चैतदेखि फोहोर विसर्जन गर्ने तयारी भएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सकेको छैन । शहरी विकास तथा भवन निर्माण विभागले ल्यान्डफिल साइट निर्माण गर्न नसक्दा उपत्यकाको फोहोर व्यवस्थापनमा जुनसुकै बेला समस्या आउने गरेको छ । समाचारपत्रमा ईश्वरराज ढकालले समाचार लेख्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया