काठमाडौँ, केहि दिन यता सिरिन्ज काण्डले मानिसमा त्रास फैलाएको छ । त्यस्तैमा हिजो मात्र काभ्रे बनेपामा भएको सिरिन्ज काण्डको एको घटनाले त्राशलाई अझै बढाएको अवस्थामा सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गए राती प्रहरीले महाराजगंजबाट महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्कीलाई उक्त अभियोगमा पक्राउ गरेको हो । श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको बुझिएकोले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेको बताएका रामेछाप घर भएका उनलाई आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिने जनाइएको छ ।







