विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अ’नुदान स’हायता स्वीकार गरिने

काठमाडौँ, १८ असार / स’रकारले विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान स’रकारले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अ’नुदान सहायता स्वीकार गर्ने भएको छ ।म’न्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले करिब रु ३० करोड ८० लाख बराबरको अ’नुदान सहायता स्वीकार गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

यस्तै बोराङ नौबिसे २२० केभी प्र’सारण लाइन आयोजना र कु’शाहा–विराटनगर १३२ केभी प्र’सारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रा’रम्भिक का’रवाही गर्ने अधिकारी क्रमशः सहायक लेखा अधिकृत प्रल्हादकुमार कार्की र सहायक प्रशासकीय अधिकृत कृष्णकुमार खड्कालाई तोक्ने निर्णयसमेत म’न्त्रिपरिषद्को बैठकले गरेको छ ।

सर्लाहीको रामनगर गाँउपालिका–४ बस्ने मृ’तक रामजलम रायको परिवारलाई रा’हतस्वरुप रु १० लाख उपलब्ध गराइने भएको छ । त्यस्तै बैठकले संयुक्त रा’ष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको आर्थिक वर्ष २०७६÷७७ को लागि नेपाल प’रराष्ट्र सेवाका राज’पत्राङ्कित प्रथम श्रेणी, सहसचिव एक, रा’जपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव एक गरी दुई वटा अस्थायी दरबन्दी नवीकरण स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्री डा खतिवडाका अनुसार भूमिसम्बन्धी स’मस्या समाधान आयोग गठन आदेश पहिलो संशोधन, २०७७ समेत स्वीकृत गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया